+
+

‘मिस नेपाल–२०१९’को काठमाण्डौ अडिसन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ११ गते १२:४३

‘मिस नेपाल २०१९’का लागि काठमाण्डौ अडिसन सकिएको आयोजकले बताएको छ । आइतबार अन्नपूर्ण होटलमा अडिसन सम्पन्न भएको हो । अडिसनमा ‘मिस नेपाल’मा सहभागी हुनका लागि यूवतीहरुको उत्साहजनक सहभागीता रहेको दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतीले बताए ।

काठमाडौं अडिसन सकिएपछि विदेशमा रहेका नेपालीमुलका युवतीहरुसँग पनि अडिसन लिइएको थियो । विभिन्न देशबाट सहभागी भएका युवतीहरुलाई ‘स्काईप’मार्फत् अडिसन लिइएको थियो । अध्यक्ष कक्षपतीले भने–‘देशबाट मात्र होइन, विदेशमा बस्नेहरुको पनि उत्साहजनक सहभागीता छ ।’

काठमाण्डौ सहित देशका विभिन्न आठ शहरमा पुगेर सहभागीहरुको अडिसन लिइएको थियो । अडिसनबाट छनोट भएका प्रतियोगीहरुलाई ट्रेनिङ गराएर अर्को चरणका लागि २५ जनालाई मात्र चयन गरिनेछ । फाइनलमा भने जम्मा १९ जना सुन्दरीहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

प्रतियोगीहरुको छनोटमा उचाईलाई पहिलो प्राथमिकतामा रखिएको छ । ‘हामीले हाइटमा भने कुनै संझौता गरेका छैनौ, अध्यक्ष कक्षपतिले भने, ‘अरु कुरामा भने सिक्न खोज्ने र गर्न सक्ने यूवतीहरुलाई हामीले लिएका छौ ।’ देशभरबाट दुई सय बढि प्रतियोगीहरुको उपस्थिती रहेको उनले बताए ।

अडिसनमा हिडेन ट्रेजरका निर्देशक दिवाकर राजकर्णिकार, हिडेन ट्रेजरकै अर्का निर्देशक सुर्विन क्षेत्री, हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपती, मिस नेपाल २०११ मलिना जोशी, मिस नेपाल २०१३ इशानी श्रेष्ठ, करियोग्राफर ऋचा गुरुङ शर्मा निर्णायकको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?