
२० चैत, पोखरा । माछापुच्छ्रे गाउँपालिका ७ फेदीमा घाँस काट्न जाँदा करेन्ट लागेर २ जना घाइते भएका छन् ।
बिजुलीको हाइटेन्सन लाइन मुनिबाट घाँस काट्न जाँदा शान्तिटोलकी करिब ४५ वर्षीया कृष्णमाया भण्डारी र उनकी छोरी १३ वर्षीया एलिना भण्डारी करेन्ट लागेर घाइते भएका हुन् ।
घटनास्थलमा आमाछोरी अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पोखरास्थित फिस्टेल अस्पतालमा सामान्य उपचार पश्चात उनीहरुलाई काठमाडौं रेफर गरिएको गण्डकी प्रदेश प्रहरी प्रवक्ता डीएसपी गोविन्द पुरीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4