+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
११२ बलमा १३६ रन आवश्यक
विराटनगर किंग्स 2025
12/0 (1.2)
Shares

थुलुङ भाषाको पाठ्यक्रम निर्माण गर्न गाउँपालिकाको १० लाख

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते ११:०४

२१ चैत, खोटाङ । थुलुङ भाषाको पाठ्यक्रम निर्माण गर्न सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेको छ ।

शैक्षिकसत्र २०७५–७६ देखि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गाका २२ विद्यालयमा कक्षा १ बाट थुलुङ भाषाको कक्षा सञ्चालन भइरहेका बेला गाउँपालिकाले कक्षा २ को पाठ्यक्रम तयार पार्न गर्न बजेट विनियोजन गरेको हो ।

गाउँपालिका प्रमुख असीम राईले थुलुङ राई भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पारेर लागू गर्न अगुवाइ गरिरहेको थुलुङ राई संस्कृति प्रतिष्ठानको नाममा बजेट छुट्याइएको जानकारी दिए । कक्षा २ को थुलुङ भाषाको पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्न गरिएको आग्रहअनुसार गाउँकार्यपालिकाको बैठकले बजेट विनियोजन गरेको थुलुङ राई संस्कृति प्रतिष्ठानका महासचिव पदम थुलुङले बताए ।

गाउँपालिकाले विनियोजन गरेको रकम थुलुङ राई भाषा पाठ्यक्रम विकास केन्द्रमार्फत पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको काममा परिचालन गरिने प्रतिष्ठानले जनाएको छ । गत वर्ष विभिन्न गाउँपालिका र शुभेच्छुकको आर्थिक सहयोगमा शिशु कक्षा र कक्षा १ को पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारेको थुलुङ भाषीको आग्रहमा गाउँपालिकाले प्रतिष्ठानको नाममा बजेट छुट्याएको जनाएको छ ।

गाउँपालिकाले थुलुङ भाषाको शिक्षकको व्यवस्थाका लागि समेत आश्वसन दिएको प्रतिष्ठानले जनाएको छ । स्थानीय तहको कार्यान्वयनले विभिन्न भाषाभाषीमा पठनपाठन गर्ने बाटो खुलेसँगै शैक्षिकसत्र २०७५–७६ बाट खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा विभिन्न विद्यालयमा थुलुङ राई भाषामा पठनपाठन शुरु गरिएको हो ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका सबै वडा, ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाको कुइभीर, खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी, महेश्वरी, ज्यामिरे, रावाबेँसी गाउँपालिकाको लामीडाँडा, दिक्तेल रुपाकोट मझुवागढीको नुनथलालगायतका थुलुङ भाषाको बाहुल्य भएका विद्यालयमा थुलुङ राई भाषामा पठनपाठन शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?