Comments Add Comment

‘हो, मलाई ‘यात्रा’ले बदल्यो’: सलिनमान बनियाँ

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘यात्रा’लाई लिएर नायक सलिनमान बनियाँ उत्साहित छन् । उनी यो चलचित्रमा आफूले हरेक कुरामा मिहिनेत गरेको स्पष्ट पार्छन् । सलिनमानले भने–‘चलचित्रमा एक्सन गर्न पनि निकै गाह्रो भयो । मैले पहिले यस्तो एक्सन गरेको थिइनँ ।’

के तपाइलाई ‘यात्रा’ चलचित्रले बदलेको हो, सलिनमानले जवाफ दिए–‘हो, मलाई यो चलचित्रले बदल्यो । म जे थिएँ, त्यस्तो छैनँ ।’ चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्दा गाह्रो भएपछि विचमै चलचित्र छाड्न समेत खोजेका सलिनले दर्शकको मायाका कारण ‘यात्रा’मा दिनरात नभनी मिहिनेत गरेका छन् ।

सलिनले भने–‘अब म चलचित्र क्षेत्रमा निरन्त लाग्छु । कुनै राम्रो कथाका लागि केही समय पखाई हुनसक्छ । तर, चलचित्र क्षेत्र नै छाड्छु भन्ने सोच अब ममा विकसित हुनेछैन ।’ सलिनले चलचित्र ‘यात्रा’ले दर्शकलाई मनोरञ्जन मात्र नदिएर केही सामाजिक सन्देश पनि दिने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment