+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रदेश ३ मा ४ विधेयक छलफलका लागि संसदीय समितिमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते १७:५२

३ वैशाख, हेटौंडा । प्रदेशसभा ३ को मंगलबार बसेको बैठकले ४ वटा विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा स्वास्थ्य तथा कृषि समितिले बनाएको प्रतिवेदन समितिमा पेश गरेका थिए ।

यस्तै उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालको तर्फबाट सामाजिक विकास मन्त्री युवराज दुलालले पेश गरेको प्रादेशिक व्यापार व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाइएको छ ।

यसैगरी मन्त्री दुलालले पेश गरेको मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा दफाबार छलफलका लागि पठाइएको छ ।

प्रदेश ३ का भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रस्तुत गरेको प्रदेश बीउविजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रादेशिक कृषि व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?