+
+

संसदीय सुनुवाईमा थपलिया : तीन महिनाभित्र उपचुनाव गराउने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ४ गते १६:४०

४ वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरमा समेत उपचुनाव हुन सकेको छैन ।

थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्‍याउने कार्ययोजना समेत पेश गरेका छन् ।

उनले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने लगायतको प्रतिवद्धता पनि जनाएका छन् । अन्तिममा उनले भने , ‘तपाईंहरु सुनुवाइ समितिको बिश्वासलाई खण्डित र आँच आउन दिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?