
११ वैशाख, काठमाडौं । नेपालगञ्ज क्षेत्रमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरु विच पहिलोचोटि अन्तर बैंक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव तथा नेपाल राष्ट्र बैंक कर्मचारी संघको स्थापना दिवसको अवसरमा कर्मचारी संघ नेपालगञ्ज समितिले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आगामी बैशाख १४ देखि सुरु हुने प्रतियोगिता बैशाख २१ सम्म चल्ने छ । भार्गव विकास बैंक लिमिटेड नेपालगञ्जको मुख्य प्रायोजनमा नेपालगञ्ज फुटसल ग्राउण्ड न्यूरोड नेपालगञ्जमा हुुनेछ ।
आयोजक समितिका अनुसार २० टीम सहभागी रहने प्रतियोगितामा बिजेता, उप बिजेता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्बाधिक गोलकर्ता लगायत पुरस्कृत हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4