+

महिला टी–२० लिगको मिति परिवर्तन, खेल त्रिवि मैदानमा

२०७६ वैशाख  १७ गते १४:५६ २०७६ वैशाख १७ गते १४:५६
महिला टी–२० लिगको मिति परिवर्तन, खेल त्रिवि  मैदानमा

१७ वैशाख, काठमाडौं । महिला टी–२० लिग क्रिकेटको मिति र स्थल परिवर्तन भएको छ ।

एनसीएल स्पोर्ट्स प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही जेठ २४ देखि ३० गतेसम्म टियु क्रिकेट मैदानमा हुने जानकारी दिएको छ ।

पटक पटक सारिएको प्रतियोगिता यसअघि जेठ ६ देखि १३ गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । विराटनगरमा हुने भनिएको महिला क्रिकेट लिग काठमाडौंमा सारिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कै समन्वयनमा प्रतियोगिता सारेको आयोजकले जानकारी दिएको छ ।

पछिल्लो मिति घोषणा गरेपनि प्रधानमन्त्री कप क्रिकेटसँग मिति जुधेपछि प्रतियोगिता सारिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताका मार्की खेलाडीदेखि टिमले अक्सनबाट खेलाडीसमेत अनुबन्धित गरिसकेका छन् ।

प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वोमेन, र काठमाडौ सुपर च्याम्पियन्स रहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय