+
+

पत्रकारिता पुरस्कारका लागि वडाध्यक्षले राखे अक्षय कोष

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १८:०७

३ जेठ, भोजपुर । टेम्केमैयुङ गाउँपालिका ३ का वडा अध्यक्ष पूर्णप्रसाद राईले नेपाल पत्रकार महासंघ, भोजपुर शाखालाई ५० हजार ५ सय ५५ राशीको पर्यटन पत्रकारिता अक्षय कोष स्थापना गरिदिएका छन् ।

अध्यक्ष राईले आफ्ना बाबुआमाको सम्मानमा तिलकबहादुर मनमाया राई पर्यटन पत्रकारिता अक्षय कोष राखिदिएका हुन् । राईले अक्षय कोषको रकमको चेक शुक्रबार नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहाल र उपाध्यक्ष एक्सन राईलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

सो रकमबाट एनआइसी एशिया बैंक भोजपुरमा रहेको महासंघको मुद्दती खाताको प्राप्त ब्याजबाट जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि उत्कृष्ट र प्रभावमूलक समाचार प्रकाशन तथा प्रसारण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गरिने शाखाका सचिव बुद्धप्रसाद तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?