+
+

ढुंगागिटी चोर्ने ठेकदार कारबाही गर्न दमकका मेयरले लेखे पत्र

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ९ गते १८:२४

९ जेठ, विराटनगर । अबैध रुपमा ढंगागिटी उत्खनन गरेको दाबीसहित दमक नगरपालिकाले ठेकेदारलाई कारवाही गर्न जिल्ला समन्वय समिति मोरङलाई पत्र लेखेको छ ।

झापा र मोरङको सीमा क्षेत्रमा रहेको मावा खोलाबाट अबैध उत्खनन गरेको दाबिसहित दमकले जिल्ला समन्वय समिति मोरङलाई पत्र लेखेको हो । दमक र उर्लाबारी नगरपालिका सीमा क्षेत्रमा छन् ।

नगरपालिकाले ठेक्का नलगाएको खोलामा उर्लाबारीका ठेकेदार गोविन्द भट्टराईले राति राति चोरी गरेको दाबि गरिएको छ । राजमार्ग उत्तर तर्फ मधुमल्ला जाने सडकको निर्माणधिन पुल दक्षिण तर्फ गत वर्ष नै ढुंगागिटी बढी उत्खनन भएकाले २०७५–०७६ मा आईईई गरी मेसिन प्रयोग नगरेपनि उर्लाबारीका ठेकेदारले भने दकमको क्षेत्र भित्र प्रवेश गरी उत्खनन गरेको दाबी गरिएको छ ।

पटक पटक सम्झाउदा आइन्दा उत्खनन नगर्ने बचन दिने ठेकेदारले राति राति उत्खनन गरेको पत्रमा उल्लेख छ ।

दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले हस्ताक्षर गरेको पत्रमा ठेकेदार भट्टराई र उनले प्रयोग गर्ने बा २ क ९०६६ नम्बरको स्काभेटरलाई नियन्त्रणमा लिएर कारवाही गरी जानकारी गराउन भनिएको छ ।

पत्रमा राति राति अबैध उत्खनन गरेका कारण दमक नगरपालिका– ३ मेची सहकारीको रबर खेती पश्चिम रहेको गाड बाधलाई क्षति पुगेको उल्लेख गरिएको छ । पत्र पाएपछि उर्लाबारी नगरपालिकालाई कारवाही गरी जानकारी गराउन पत्र लेखिएको जिल्ला समन्वय समिति मोरङका अधिकृत सरोज गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?