
काठमाडौं । दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै भारतले विश्वकप यात्रा जितका साथ थालेको छ । जितको श्रेय ब्याट्सम्यान रोहित शर्मा तथा बलरद्वय जसप्रित बुमराह र युजविन्द्र चाहाललाई जान्छ ।
तर कसरी यस्तो हुन सक्छ कि भारतको एकदिवसीय क्रिकेट खेलमा महेन्द्रसिंह धोनीलाई नसम्झियोस् ?
यो सही हो कि अब उनी भारतीय क्रिकेट टिमका कप्तान होइनन् । तर उनलाई भारतीय टिमको मेरुदण्ड मानिन्छ ।
विश्वकपको पहिलो खेलमा धोनीको ब्याटिङ त्यति ध्यान तानेन, जति उनको ग्लोब्स (पञ्जा)ले तान्यो ।
त्यसको कारण थियो, एक निशान । जब उनी विकेटकिपिङ गर्न मैदानमा आए, भिडियोमा जुम गर्दा उनको हातमा लगाएको ग्लोब्समा केहीको चित्र देखियो । सबैको ध्यान यहीतर्फ केन्दि्रत भयो ।
कुनै पनि विकेटकिपरको ग्लोब्समा सामान्यता यस्तो चिन्ह हुँदैन । आखिर धोनीको ग्लोब्समा भएको त्यो चित्र के थियो ?
जुम गर्दा पत्ता लाग्छ कि धोनीको पञ्जामा भारतीय पारा स्पेशल फोर्सका ‘रेजिमेन्टल ड्यागर’ चित्र छापिएको छ । यसलाई बलिदानको रुपमा मानिन्छ । यो थाहा पाएपछि भारतीय समर्थकहरुले देशको सुरक्षाबलप्रति धोनीको प्रेम र प्रतिवद्धताका रुपमा अर्थ्याएका छन् ।
धोनीलाई २०११ मा पारासुट रेजिमेन्टमा लेफि्टनेन्ट कर्नलको मानार्थ पद दिइएको थियो भने २०१५ मा उनले प्यारा बि्रगेडको ट्रेनिङ पनि गरे ।
प्रतिक्रिया 4