+
+

‘गुलाबो सिताबो’मा अमिताभको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते ११:२०

बलिउडका चर्चित नायक अभिताभ बच्चन अहिले नयाँ चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा व्यस्त छन् । यो चलचित्रलाई सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रको काम भैरहँदा यसको निर्माणपक्षले नायक बच्चनको लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक तस्विर हेर्दा जो कोहीलाई पनि अभिताभलाई चिन्न गाह्रो हुन्छ । लामो र सेतो दाह्री, आखाँमा गोलो चश्मा, गलबन्दी ओडेको तस्वीरमा अमिताभलाई भिन्न रुपमा देखाइएको छ । इन्टरनेटमा सार्वजनिक भएसँगै अमिताभको यो लुक्सको चर्चा भैरहेको छ ।

केही समय अगाडि अन्तरवार्तामा अभिताभले भनेका थिए–‘छिट्टै नयाँ चलचित्र, नयाँ लुक्स, नयाँ कथा र नयाँ प्रस्तुती लिएर आउनेछु ।’ त्यसलाई सार्थक बनाउनको लागि अभिताभले आफ्नो लुक्समा धेरै मिहिनेत गरेको देखिन्छ । चलचित्रमा अभिताभ बच्चनसँगै आयुष्मान खुरानाको पनि मुख्य भूमिका रहनेछ । निर्माण पक्ष र आयुष्माँनबीच केही समय अगाडि नै लिखित सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?