+
+

काभ्रेमा प्रहरीको गाडी दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १३:४२

११ असार, काठमाडौं । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ ।

घटनामा केही प्रहरी घाइते भएका छन् ।

प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले मण्डनदेउपुर नगरपालिकाको कुन्तिवेशी भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटनामा परेको पुष्टि गरे । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

बस्नेतले अनलाइनखबरसँग भने, ‘अहिले संघीय प्रहरी कार्यालयको एसएसपी र जिल्लाका एसपी सा’ब पनि हस्पिटलतिर जानु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?