+

बार्सिलोनामा कीर्तिमान : खेलाडी बिक्रीबाट २२१ मिलियन युरो

२०७६ असार  १७ गते १९:३७ २०७६ असार १७ गते १९:३७
बार्सिलोनामा कीर्तिमान : खेलाडी बिक्रीबाट २२१ मिलियन युरो

१७ असार, काठमाडौं । स्पेनको बार्सिलोनामा आर्थिक वर्ष २०१८/१९ को अन्तिम हप्ता चलिरहँदा बार्सिलोनाले चार खेलाडी बेचेर ७७.४ मिलियन युरो कमायो । जसमा जेस्पर चिलेसेन, आन्द्रे गोमेज, डेनिस स्वारेज र मार्क कार्मोनालाई बेच्यो ।

यी खेलाडीसँगै २०१८ जुलाई १ देखिका सबै बिक्रीलाई हेर्ने हो भने बार्सिलोनाले २ सय २१ मिलियन युरो कमाएको छ, जुन क्याटालान क्लबको कीर्तिमान बिक्री रकम हो ।

वर्षौंदेखि बार्सिलोनालाई लाग्दै आएको खेलाडी किन्ने र बेच्ने योजना मिलाउन नसकेको भन्दै लाग्ने गरेको आरोप यसपटकको कामले केही भिन्न देखिएको छ । नेमारलाई बेचेदेखि अहिले पुनः नेमारलाई नै किन्ने योजना बनाउँदासम्मको अवस्था हेर्दा पनि सन्तुलित देखिन सकिएको छैन ।

बार्सिलोना अध्यक्ष जोसेफ मारिया बार्टामेउको खर्चको सूची कम हुँदै जाँदा क्लबमा बिक्रीबाट राम्रो आम्दानी भइरहेको छ । यही बिक्रीबाट नै खेलाडी किनबेचमा उद्देश्यविहीन देखिएका प्रशिक्षक एर्नेस्टो भालभर्देको साख पनि केही जोगिएको छ । होइन भने त उनीसँग कसलाई बेच्ने र कसलाई किन्ने भन्नेमा समेत स्पष्ट धारणा देखिँदैन ।

त्यसैको उदाहरण हो, गोलकिपर चिलेसेनको बिक्री । चिलेसेन आफैले क्लब छाड्ने इच्छा देखाएपछिको बिक्रीमा अर्का किपर को हुने भन्ने भालभर्देको सोच देखिँदैन ।
भालभर्देकै सोचमा भएको एकमात्र बिक्री पाउलिन्होको थियो । जसलाई चिन पठाउँदा क्याम्प नाउको ठूलो खर्च टर्न सक्ने देखेरै व्यवस्थापन पनि बिक्रीमा राजी भएको थियो ।

बार्सिलोना अहिले विश्वस्तरीय खेलाडी किन्ने योजनामा लागिरहँदा आवश्यक परे आफैसँग भएका विश्वस्तरीय खेलाडी नै बेच्न समेत राजी देखिएको छ ।

बार्सिलोनाले २ सय २१ मिलियन युरो कमाउने गरी गरेको बिक्रीमा पाउलिन्हो, चिलेसन, एरी मिना, आन्द्रे गोमेज, अल्कासर, डिग्ने, डेनिस स्वारेज, एलेक्स भिडाल, मार्लोन, एर्नाइज, कार्डोना, क्युकुरेला, मुनिर र गालारेता जस्ता खेलाडी सामेल छन् ।

जसमा चिनको गोन्जाउ गएका पाउलिन्होको ५० मिलियन, भ्यालेन्सिया गएका चिलेसेनको ३५ मिलियन, इभर्टन गएका एरी मिनाको ३०.२ मिलियन, इभर्टन नै गएका गोमेजको २५ मिलियन, बोरुसिया डर्टमुण्ड गएका अल्कासरको २३ मिलियन, इभर्टन गएका लुकास डिग्नेको २०.२ मिलियन, सेल्टाभिगो गएका डेनिस स्वारेजको १२.९ मिलियन, सेभिया गएका एलेक्सको ८.५ मिलियन, सासुओलो गएका मार्लोनको ६ मिलियन, लेगानेस गएका अर्नेजको ५ मिलियन, ओसासुना गएका गएका कार्मोनाको २.५ मिलियन, अलाभेस गएका क्युकेरेलाको २ मिलियन, सेभिया गएका मुनिरको १ मिलियन र लस पाल्मस गएका गालारेताको ०.५ मिलियन युरो रहेको छ ।

यी सबै बिक्रीबाट पनि बार्सिलोनाले नयाँ सिजनका लागि किन्न चाहेका नेमारलाई ल्याउन भने सजिलो छैन । कोउटिन्हो र डेम्बेलेलाई त्यागेर भए पनि बार्सिलोनाले नेमार ल्याउने खबरहरु आइरहेका बेला बार्सा बोर्डलाई सहज भने छैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय