+
+

सरकारले भन्यो- नदी किनारका बाली २८ असारभित्रै थन्काउनू

नदी र खोलामा जलस्तर बढ्दो, एक हप्तापछि बहाव उच्च हुने पूर्वानुमान

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २१ गते १०:४६

२१ असार, काठमाडौं । सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ गतेभित्रै थन्काइसक्न सबैमा अनुरोध गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम गर्न र बालीनाली भए २८ गतेभित्रै थन्काउन अनुरोध गरेको हो ।


हाल नदी र खोलामा जलस्तर बढ्दो क्रममा रहेको र एक हप्तापछि बहाव उच्च हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

शनिबारदेखि सोमबारसम्म प्रमुख र मझौला नदीमा बाढीको जोखिम न्यून रहेको जनाएको छ । डेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ, सुर्खेत, दैलेख, जाजरकोट, अछाम र आसपास जिल्लाका चुरे र पहाडका साना नदीमा बेलुकासम्म बहाव उच्च हुने अनुमान छ । साथै केही नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर बदली भई पश्चिम र पूर्वी भागमा हल्कादेखि मध्यम खालको वर्षा हुने तथा एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान मौसमविदले गरेका छन् । यस्तो अवस्था सोमबारसम्मै रहने पूर्वानुमान गरिएको छ ।

हेर्नुहोस् बाढीको पूर्वानुमानबारे जारी गरिएको सूचना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?