+
+

युरेनियम उत्पादन बढाउने ईरानको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १६:२४

२२ असार, काठमाडौं । ईरानले २०१५ को परमाणु सम्झौता अनुसार तय गरिएको युरोनियम उत्पादन सीमा बढाउने भएको छ ।

ईरानले परमाणु सम्झौता कायमै होस् भन्न चाहेको तर, युरोपका देशहरु पछाडि हटेको उपविदेशमन्त्री अब्बास अरागचीले बताए ।

अमेरिकाले २०१८ मा एकतर्फी रुपमा सम्झौता तोडेको घोषणा गरेको थियो । लगतै अमेरिकाले ईरानमाथि थुप्रै प्रतिबन्ध लगाएको छ ।

जवाफमा इरानले मेबाट युरेनियम उत्पादन सुरु गरेको छ । यसको प्रयोग उर्जा उत्पादनमा हुन्छ । साथै पुरमाणु हतियार पनि बनाउन सकिन्छ ।

२०१५ को सम्झौताअनुसार ईरानसँग जति युरेनियम हुनुपर्ने हो, त्यो यसअघि नै छ । पत्रकार सम्मेलनमा अरागचीले बताएअनुसार युरेनियम उत्पादन बढाइनेछ र केही घन्टामा नै ३.६७ प्रतिशत धेरै हुनेछ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?