+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बलात्कार मुद्दामा मिलापत्र गराउने भद्र भलादमी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १८:४९

२४ साउन, विराटनगर । मोरङको रंगेलीमा सुस्त मनस्थितिकी किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनामा मिलापत्र गराउने सात जना पक्राउ परेका छन् ।

१६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कारको घटना १० जना गाउँका अगुवाले मिलापत्र गराएका थिए । उनीहरु मध्ये सात जना पक्राउ परेका छन् । बलात्कारमा संलग्न भएको आरोपमा रोमन मगर र प्रिन्स अधिकारी पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोप लागेका सुनिल चौधरी फरार छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीकाअनुसार मिलापत्र गराउने मध्ये ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशी पक्राउ परेका हुन् । ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर फरार छन् ।

२० असारमा रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीको सामूहिक बलात्कार भएको थियो । घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर प्रहरीमा नजाने सर्तमा असार २६ गते मिलापत्र गरिएको थियो । बलात्कारको आरोप लागेका तीनै जनाले साउन ६ गते भित्रमा पीडित किशोरीलाई ५०–५० हजार रुपैयाँ दिने कागजमा उल्लेख छ ।

तर त्यस अघि नै घटना बाहिरिएयो । प्रहरीले बलात्कारमा संलग्न २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई साउन ३ गते पक्राउ गरेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ । अब मिलापत्र गराउनेहरु पक्राउ परे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?