+

अबामियाङले आर्सनललाई जिताए

२०७६ साउन  २६ गते २१:१२ २०७६ साउन २६ गते २१:१२
अबामियाङले आर्सनललाई जिताए

काठमाडौं । पियर इमरिक अबामियाङको गोलसँगै आर्सनलले इंग्लिस पि्रमियर लिगमा विजयी सुरुवात गरेको छ ।

आइतबार भएको खेलमा आर्सनलले न्यूक्यासललाई १-० गोल अन्तरले हराएको हो । सेन्ट जेम्स पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर ५८ औं मिनेटमा आर्सनलका लागि अबामियाङले गोल गरे ।

आर्सनलका प्रशिक्षक युनाई इमरीले निकोलास पेपे र ड्यानी सेबायसलाई डेब्यू गराएका थिए । तर दुबैको पहिलो खेलमा आफ्नो प्रभाव छाड्न सकेनन् ।

अर्को खेलमा लेस्टरले ओल्भ्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय