+

म्यान्चेस्टर सिटी र टोटनहृयामले अंक बाँडे

२०७६ भदौ  १ गते ७:०८ २०७६ भदौ १ गते ७:०८
म्यान्चेस्टर सिटी र टोटनहृयामले अंक बाँडे

१ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र टोटनहृयामले बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले टोटनहृयामसँग २-२ गोलको बराबरी खेलेको हो । सिटीका लागि रहिम स्टर्लिङ र सर्जियो अगुएरोले गोल गर्दा टोटनहृयामका लागि इरिक लमेला र लुकास मउराले गोल गरे ।

खेलको २०औं मिनेटमा नै रहिमले गोल गर्दै सिटीलाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि अर्थात २३औं मिनेटमा नै लमेलाले गोल गर्दै १-१ गोलको बराबरी दिलाए । खेलको ३५औं मिनेटमा अगुएरोले गोल गरेपछि सिटी पहिलो हाफसम्ममा २-१ गोलले अघि रहेको थियो ।

पहिलो हाफमा २-१ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा आफ्नो अग्रतालाई कायमै राख्न सकेन । खेलको ५६औं मिनेटमा लुकास मउराले गोल गरेपछि टोटनहृयामले २-२ गोलको बराबरी बनाएको थियो । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल २-२ गोलको बराबरीमा सकेको हो ।

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय