+
+

सचिवालय भन्छः विमानमा मन्त्री भट्टराईमाथि दुर्व्यवहार भयो

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते १९:५४

२९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगञ्जमा जहाजभित्र दुर्व्यवहार भएको उनको सचिवालयले बताएको छ ।

मन्त्री भट्टराईलाई पर्खिँदा विमान होल्ड भएपछि विमानमा रहेका ज्ञानेन्द्र शाहीको समूहले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्रीमाथि गालीगलौज समेत गरे ।

मन्त्री भट्टराईले पनि आफ्ना कारण करिव १५ मिनेट उडान ढिलो भएको स्वीकार गर्दै यात्रुलाई परेको असुविधाप्रति क्षमा मागेका छन् । शाहीको समूहले व्यक्त गरेको विचारप्रति भने भट्टराईको सचिवालयले गम्भिर आपत्ति जनाएको छ ।

‘जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, उक्त समूहले जहाजभित्र माननीय मन्त्रीज्यूप्रति गरेको दुर्व्यवहार र अपशब्द खबरदारी होइन गुण्डागर्दी प्रवृत्तिको रहेको हाम्रो ठहर छ’ सचिवालयले भनेको छ, ‘यो नियोजित घटनाको हामी भत्र्सना गर्दछौं ।’

यो समूहले पछिल्लो समय व्यक्त गर्दै आएको विचारपछि जानकार रहेको भन्दै मन्त्री भट्टराईको सचिवालयले ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा यो समूहले व्यक्त गरिरहेका विचार निकृष्ट मात्रै होइन हाम्रो संस्कृति र सभ्यता बिरोधी समेत छन्’ भनेको छ । संहासन गुमेपछि बिक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ले संविधान बिरोधी हर्कत गरिरहेको भन्दै मन्त्रीको सचिवालयले यसप्रति सचेत रहन लोकतान्त्रिक शक्तिहरुलाई अपील समेत गरेको छ ।

अनर्गल प्रचारको जवाफ दिँदै मदन भण्डारीले ‘दुनियाँमा पुँजीवादी स्यालहरूको कमी छैन । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ, कुकुर भुक्तै गर्छ, हात्ती लम्कँदै गर्छ’ भनेको स्मरण गर्दै मन्त्री भट्टराईको सचिवालयको विज्ञप्तिमा भनिएको छ, सतिसाल जस्तै देश र जनताको पक्षमा ठिङ्ग उभिरहने प्रण गर्दछौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?