Comments Add Comment

टोटनहृयाममाथि लेस्टरको जित

काठमाडौं । जेम्स मेडिसनको सिजनको पहिलो लिग गोलको मदतमा लेस्टरले टोटनहृयामलाई हराएको छ । एक गोलले पछि परेको अवस्था उल्टाउँदै लेस्टरले टोटनहृयाममाथि २-१ गोल अन्तरको जित निकालेको हो ।

लेस्टरको घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले २९ औं मिनेटमा हृयारी केनकेा गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफमा लेस्टर खेलमा फर्कियो ।

६९ औं मिनेटमा रिकार्डो पेरेरा बराबरी गोल गरे । निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी छँदा मेडिसनले गोल गर्दै घरेलु टोलीलाई ३ अंक दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment