Comments Add Comment

खोज पत्रकारिता केन्द्रमा नयाँ नेतृत्व

३० असोज, काठमाडौं । खोज पत्रकारिता केन्द्र, नेपालको अध्यक्षमा पत्रकार चन्द्र किशोर चयन भएका छन् । बिहीबार ललितपुरमा सम्पन्न केन्द्रको बाह्रौं साधारणसभाले केन्द्रको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरेको हो ।

साधारणसभाबाट चारै पदाधिकारी सर्वसम्मत् चयन भएका हुन् । तीन सदस्य पदका लागि भने ९ जनाको उम्मेदवारी परेको थियो । सदस्यमा भृकुटी राई ३०, राजाराम गौतम ३० र लक्ष्मी बस्नेत ११ मत पाएर निर्वाचित भएका छन् । यस्तै, कुल ३९ मत खसेकोमा सरोज दाहालले ९, रामजी दाहाल ८, ध्रुव बस्नेत ८, कल्पना भट्टराईले ६ र इन्दिरा अर्यालले ३ मत प्राप्त गरेकी थिइन् । लक्ष्मण उप्रेतीले भने मतदान हुनुअघि नै उम्मेदवारी फिर्ता लिएका थिए ।

शरच्चन्द्र वस्ती संयोजक तथा मोहन मैनाली र कमला पन्थी सदस्य रहेको निर्वाचन समितिले चुनाव गराएको हो ।

निवर्तमान महासचिव रामजी दाहालले प्रगती प्रतिवेदन र इन्द्रलाल श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन साधारणसभाले अनुमोदन गरेको थियो । निर्वतमान अध्यक्ष नम्रता शर्माले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment