+

बालोन डि’ओर : मोडरिच मनोनयनमा नै परेनन्

२०७६ कात्तिक  ५ गते ११:०८ २०७६ कात्तिक ५ गते ११:०८
बालोन डि’ओर : मोडरिच मनोनयनमा नै परेनन्

काठमाडौं । साजिकको विजेता लुका मोडरिक यो पटक बालोन डि’ओरको मनोनयनमै पर्न असफल भएका छन् ।

मंगलबार सार्वजनिक सूचीमा च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीहरुको दबदबा छ । युरोपका उत्कृष्ट फुटबलर घोषित भर्जिल भान डाइकसँगै रोबर्टो फिर्मिनो, मोहम्मद सलाह, साडियो मानेसहित लिभरपुलका ७ जना छन् ।

म्यानचेष्टर सिटीका केभिन डि ब्रुयेन, रियाद महरेज, बर्नान्डो सिल्भा, सर्जिओ एग्युरो र राहम स्टर्लिङ छन् र टोटनह्यामबाट सन र लोरिस गरेका छन् ।

बार्सिलोनाका लिओनल मेस्सी, एन्टोनी ग्रिजम्यान, मार्क टेर स्टेगन र फ्राङ्की डि जोङ छन् भने रियल मड्रिडबाट करिम बेन्जिमा र हजार्ड मात्र छन् । गत सिजनका विजेता मोडरिच यो सिजन नोमिनेसनमा नै पर्न सकेनन् ।

एथ्लेटिको मड्रिडबका जोआओ फिलिक्स तथा पेरिस सेन्ट जर्मेनका एम्बाप्पे र मार्किनस मनोनयनमा परेका छन् । युभेन्टसबाट क्रिटियानो रोनाल्डो र म्याथुज डि लिग्ट परेका छन् भने नापोलीबाट कुलबाली परे । बार्यन म्युनिखबाट रोबर्ट लेभान्डोस्की र आर्सनलबाट अबामियाङ र अयाक्सबाट भान डि बिक र टाडिच छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय