+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मेगाको लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १०:१३

१५ कात्तिक, काठमाडौं । मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टर मार्फत आफ्ना कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि तालिम प्रदान गर्दै आएको मेगा बैंक नेपाल लिमिटेडले अब आफ्नै कार्यालय रहेको भवनबाट मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरका साथै रिसोर्स सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले ज्ञानेश्वरस्थित बैंकको कार्यालय परिसरमा बिहीबार एक समारोहबीच नवनिर्मित मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्घाटन गरे ।

कार्यक्रममा मेगा बैंकका सञ्चालकहरु, सिइओ, एडीसिइओ, अन्य उच्च व्यवस्थापन श्रेणीका कर्मचारी लगायतको उपस्थिति थियो ।

मेगा बैंकमा कार्यरत कर्मचारीहरुको शीप, ज्ञान एवं दक्षता अभिवृद्धि गर्दै अझै प्रभावकारी ढंगले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले यस सेन्टरलाई बैंककै कार्यालय रहेको भवनमा स्थापना गरिएको अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए ।

ज्ञान हासिल गर्ने प्रकृया सदैब चलिरहने भएकोले सबै तहका कर्मचारीहरुको लागि यो अत्यन्तै उपयोगी हुने धारणा उनले राखे । २०६९ साल देखिनै स्थापित बैंकको रिसर्च एण्ड डेभलप्मेन्ट ईकाईको कार्यमा रिसोर्स सेन्टरले योगदान पुर्‍याउने समेत विश्वास आफुले लिएको बताए ।

बैंककी सिइओ अनुपमा खुञ्जेलीले मेगा लर्निङ एण्ड डेभलपमेन्ट सेन्टरको उद्देश्य तालिम दिने मात्रै नभई बैंकभित्रै अनुभवी प्रशिक्षकहरुको पनि संख्या वृद्धि गर्ने रहेको बताइन् । सोही बमोजिमको योजना एवं तालिका तयार गरी सेन्टरलाई सञ्चालन गरिने जानकारी दिइन् ।

बैंककी एडीसिइओ रबीना देशराज श्रेष्ठले यस सेन्टरले लिएको उद्देश्यलाई थप प्रभावकारीताका साथ हासिल गर्न नौलो प्रविधि अनुसार फरक वातावरण सहित ज्ञान एवं दक्षता अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिंदै यस सेन्टरको उद्देश्य बारे थप प्रकाश पार्न देशका साना तथा मझौला उद्यमी लगायत आम जनसमुदायमा वित्तीय साक्षारता प्रदान गर्न कर्मचारीमा क्षमता अभिवृद्धि गर्ने सोच समेत रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?