+

१७ ओभरमा एमसीसीको सय रन पूरा

२०७६ कात्तिक  १८ गते ११:१६ २०७६ कात्तिक १८ गते ११:१६
१७ ओभरमा एमसीसीको सय रन पूरा

१८ कात्तिक, काठमाडौं । टस जितेर पहिले ब्याटिङ थालेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपालविरुद्ध १७ ओभरमा सय रन पूरा गरेको छ ।

नेपाल भ्रमणमा रहेको एमसीसीले टियु क्रिकेट मैदानमा १७ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा १०२ रन बनाएको हो ।

नियमित खेलाडी पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने र सोमपाल कामीबिनै मैदान उत्रिएको नेपाली टिमको कप्तानीमा ज्ञानेन्द्र मल्ल छन् ।

नेपालका लागि पवन सर्राफले विल्ली गोड्लम्यानलाई आउट गराएका थिए । उनले ५२ रन बनाउँदै एमसीसीलाई राम्रो सुरुवात दिलाएका थिए ।

यो समाचार तयार पार्दास क्रिजमा विल रोड्स ३५ र टोम वेष्टली सात रन बनाएर खेलिरहेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय