+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सेनाका हाकिमले नै तिर्दैनन् इन्धनको पैसा !

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १८:११

२१ कात्तिक, काठमाडौं । नेपाली सेनाले सञ्चालन गरेको पेट्रोल पम्पमा सेनाकै उच्च अधिकारीले इन्धनको रकम नतिरेको पाइएको छ ।

भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोलस्टेशनमा ३० जना सेनाका अधिकारीहरुले ईन्धनको रकम नतिरेको भनी सूचना टाँस गरिएको छ । उनीहरुले गत असोज महिनासम्मको सहुलियतमा पाउने इन्धन प्रयोग गरेर पनि थप इन्धनको रकम नतिरेको सूचनामा जनाइएको छ ।

इन्धनको पैसा नतिर्ने सेनाका अधिकारीहरुमा उपरथी सरोजप्रताप रााणा, सहायक रथी ईश्वरकान्त मैनाली, दीपक कुमार बानियाँ, अंशबहादुर तामाङ, प्रावधिक सहायक रथी अरुणा राई, सूर्यराज शर्मा छन् ।

यस्तै महासेनानी मदनकुमार केसी, खुमबहादुर कुँवर, ज्योतिन्द्र महत, अनिल सिंह, सानुकाजी थापा, प्रकाशबहादुर चन्द, पुरन घले, कमल बानियाँ, राजेन्द्र सुनुवार, राजाराम बस्नेत, किरण श्रेष्ठले पनि सहुलितय रकमको समेत इन्धन लिइसकेर उधारो इन्धन लिएका छन् । यस्तै, प्रावधिक महासेनानी सजिव घिमिरे र राजेश शाहलाई पनि इन्धनको रकम तिर्न बाँकी देखिएको छ ।

३० जनाले तिर्नुपर्ने कुल रकम ४ लाख ३६ हजार ३६ रुपैंया रहेको छ । सूचनामा कसको कति रकम बाँकी छ भनेर पनि उल्लेख गरिएको छ । उनीहरुलई उधारो रकम नतिरेसम्म इन्धन नदिन सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?