+

महिला फुटबलर साम करले रोजिन् चेल्सी

२०७६ कात्तिक  २७ गते १६:३२ २०७६ कात्तिक २७ गते १६:३२
महिला फुटबलर साम करले रोजिन् चेल्सी

२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियन महिला फुटबलर साम कर चेल्सीमा आवद्ध भएकी छन् । विश्वकै उत्कृष्ट स्ट्राइकर मध्ये एक मानिएकी कर वुमन सुपर लिग लिडर चेल्सीमा आवद्ध भएकी हुन् ।

२६ वर्षीया कर अष्ट्रेलियन र अमेरिकन लिगकी सर्वाधिक गोल कर्ता हुन् । उनले इंग्लिस क्लबसँग साढे २ वर्षको सम्झौता गरेकी छन् ।

उनले जनवरीबाट चेल्सीमा उपलब्ध हुनेछन् । वुमन सुपर लिग विश्वकै उत्कृष्ट लिग भएको भन्दै करले भनेकी छन्, ‘म टिमको सफलता चाहन्छु र म यो सहज होस् भन्न चाहन्नँ ।’

चेल्सीले पछिल्लो वर्ष टिम बनाउन विशेष काम गरेको भन्दै उनले भनिन्, ‘म केही उपाधि उचाल्न चाहन्छु ।’

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय