+
+

जंगलीमौरीले चिलेर सर्लाहीमा १ जनाको मृत्यु, ५ अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते १०:५६

५ मंसिर, काठमाडौं । जंगलीमौरीले चिलेर सर्लाहीको मलङ्गवा–७, मुसैलीमा १ बालककोे ज्यान गएको छ । ५ जना अस्पताल भर्ना भएका छन् ।

मुसैलीस्थित बाँसघारीमा रहेको माैरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको सर्लाहीमा कार्यरत नेपाल प्रहरीका उपरीक्षक गोपालचन्द्र भट्टराईले पुष्टि गरे ।

भट्टराईका अनुसार, मौरीको चिलाइबाट ३५ वर्षीया चिन्तादेवी राय, उनका छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो बिरामी भएका छन् । बिरामी पाँचैजना मलंगवा अस्पतालमा उपचारपछि अहिले घर फर्किसकेको भट्टराईले जानकारी दिए ।

बाँस घारीमा रहेको जंगलीमौरीलाई बालबालिकाले ढुंगा हानेर जिस्क्याएपछि घटना हुन पुगेको भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?