Comments Add Comment

पचासौं हजारको उपस्थितिमा भ्रमण वर्षको शुभारम्भ : पर्यटनमन्त्री भट्टराई

६ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पचासौं हजार सर्वसाधारणको उपस्थितिमा नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस क्लबले गरेको साक्षातकार कार्यक्रममा उनले २०२० जनवरी १ मा देशभरी पर्यटन वर्षको शुभारम्भ गर्ने र काठमाडौंमा पचासौं हजारको उपस्थितिमा शुभारम्भ गर्ने बताए ।

‘यो कार्यक्रम देशभरि नै एकसाथ सुरु हुनेछ । काठमाडौंमा हामीले केही दिनभित्रै ठाउँ घोषणा गर्छौं । दशरथ रंगशाला, सैनिक मञ्चलगायत कहाँ हुन्छ, हामी तोक्छौं ।’

भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढी देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको पनि भट्टराईले बताए । ‘हामीले नेपाल घुम्न आउने पर्यटकहरुको आधारमा मैले ४० देशका पर्यटकमन्त्रीहरुलाई निम्तो पठाएको छु’ उनले भने ।

भ्रमण वर्ष सफल तुल्याउनको लागि पर्यटन प्रर्वद्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था, विभिन्न चर्चित अन्तर्राष्ट्रिय व्यक्तित्वहरु (कलाकार, खेलाडी) लाई पनि नेपाल भ्रमणको लागि आमन्त्रण गरिएको उनले सुनाए ।

मन्त्री भट्टराईले भने, ‘हामीले विश्वमै चर्चित व्यक्तित्वहरुलाई प्रचारप्रसारको लागि पनि सद्भावना दूत बनाएका छौं । उहाँहरुबाट सहयोग लिने क्रम जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment