+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

श्रम स्वीकृति लिन ई-टोकन र म्यासेजिङ सेवा सुरु गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १२:१२

८ मंसिर, काठमाडौं । ई-स्टिकरपछि वैदेशिक रोजगार विभागले १५ मंसिरबाट ई-टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । ई-टोकन अर्थात् विद्युतीय पालो प्रणालीबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने कामदारले आफ्नो पालो कहिले आउँछ भन्ने थाहा पाउनेछन् ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले कामदारले कुन कार्यालयबाट श्रम स्वीकृति लिने भनेर आफैंले रोज्नसमेत पाउने बताए । उनले अनलाइनखबरसँग भने, ‘फाराम स्वीकृत हुनेवित्तिकै कामदारले कार्यालयमा पर्खिरहनुपर्ने छैन ।’

फाराम बुझाइसकेपछि कुनै कारणवस श्रम स्वीकृतिको प्रक्रिया अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा म्यासेज प्राप्त हुनेछ । श्रम स्वीकृतिको जानकारी पनि मोबाइल म्यासेजमा आउनेछ । फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्वीकृतिको स्टिकर जानेछ ।

अब कामदारले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही छ/छैन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम ‘सबमिट’ गर्न विभागले अनुरोध गरेको छ ।

विद्युतीय भुक्तानीको लागि पनि लामो समयदेखि विभागले प्राविधिक तयारी गरिरहेको महानिर्देशक भुसालले बताए । सेवा प्रदायकसँग सम्झौता गर्न छलफल चलिरहेको उनको भनाइ छ । यो प्रणाली लागू भइसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंकमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था अन्त्य हुने विभागको दावी छ ।

कामदार छनोट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाइन प्रणालीसमेत तयार भएर लागू गर्ने अवस्थामा रहेको विभागले बताएको छ । सम्बन्धित सरोकारवालालाई अभिमुखीकरण दिएपछि यो प्रणालीसमेत लागू हुनेछ ।

महानिर्देशक भुसालले मंसिरभरिमा सूचना प्रविधिमार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक बनाइने बताए । यो सबै काम गर्न विगत ५ महिनादेखि लगातार मिहिनेत गर्नुपरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?