+
+

उपचुनावमा एकअर्कालाई सघाउँदै राप्रपा र राप्रपा संयुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ८ गते १६:३०

८ मंसिर, काठमाडौं । मंसिर १४ मा हुने उपचुनावमा राप्रपा र राप्रपा संयुक्तले आफ्नो उम्मेदवार नभएको ठाउँमा एकअर्कालाई समर्थन गर्ने भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेशसभा सदस्यका लागि भक्तपुर २ क, दाङ ३ ख र बाग्लुङ २ खका साथै केही स्थानीय तहमा पनि चुनाव हुँदैछ ।

भक्तपुर २ मा राप्रपा संयुक्तको उम्मेलवार छैन । उसले रामशरण लामिछानेलाई उम्मेदवार बनाएको थियो, तर समानुपातिकको बन्द सूचीमा नाम भएका कारण उनी उम्मेदवार हुन सकेनन् । केही स्थानीय तहमा उसको उम्मेदवार छैन ।

दुबै दलका अध्यक्षले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवार नभएको ठाउँमा अर्कोलाई समर्थन गर्न आहृवान गरेका छन् । सुरुमा अमेरिका भ्रमणमा रहेका राप्रपा अयक्ष कमल थापाले राप्रपाको उम्मेदवार नभउको ठाउँमा राप्रपा संयक्तको पक्षमा प्रचार गर्न र मत दिन पार्टी नेता कार्यकर्तालाई आहृवान गरे ।

जवाफमा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले थापाको ट्वीटको स्वागत गरेका छन् र आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा
राप्रपालाई सघाउन र मत दिन आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?