+
+

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ११ गते १७:२७

११ मंसिर, काठमाडौं । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालयले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको विवरण आएको पुष्टि गरेको हो ।

प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको अनलाइनखबरलाई बताए । उनका अनुसार घटनामा ११ जना घाइते छन् ।

घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?