+
+

वडाअध्यक्षद्वारा आत्महत्या प्रयास, अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते २०:४०

२३ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाको एक वडा अध्यक्षले आत्महत्या प्रयास गरेका छन् । विराटनगर महानगरपालिका ६ नम्बर वडा अध्यक्ष बिजय कामतले बिष सेवन गरी आत्महत्या प्रयास गरेका हुन् ।

आइतबार साँझ विष सेवन गरेका कामतको विराट नर्सिङहोममा उपचार भइरहेको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

अस्पताल स्रोतका अनुसार कामतको अवस्था गम्भीर छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । कामतले किरा मार्ने औषधि सेवन गरेको बताइएको छ ।
कामत तत्कालिन माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

जनप्रतिनिधिले आत्महत्या प्रयास गरेको सूचना प्रहरीमा पनि पुगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार वडा अध्यक्षले आत्महत्या प्रयास गरेको मौखिक जानकारी पाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?