१३ पुस, काठमाडौं । न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तेस्रो संस्करण पुस तेस्रो साताबाट सुरु हुने भएको छ ।
आयोजक न्यु डाइमण्ड स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २३-२६ गतेसम्म आयोजना हुने जानकारि दिएको हो ।
प्रतियोगितामा ६ देखि ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । ६ टिम पक्का भइसकेको र दुई टिमसँग छलफल भइरहेकोले केही दिनमा सहभागी सबै टिमको नाम टुङ्गो लाग्ने प्रतियोगितााका संयोजक कुमार राईले बताए ।
प्रतियोतिको खेलहरु यसपटक नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा हुनेछ ।
यस्तै प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिएको समेत प्रतियोगिताका संयोजक राईले जानकारी गराए ।
यस संस्करणको विजेताले ४ लाख १ सय १ रुपैयाँ पाउने छन् । गत वर्ष विजेताले ३ लाख १ हजार रुपैयाँ पाएका थिए । यस्तै उपविजेताले ३ लाख १ सय १, तेस्रोले १ लाख ५१ हजार १ सय १ र चौथोले ५१ हजार १ सय १ रुपैयाँ पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले २१ हजार १ सय रुपैयाँ पाउने छन् भने विधातर्फ उत्कृष्ट हुने स्पाइकर,ब्लकर,क्विकर,सेटर,सर्भर, डिफेन्डर र प्रशिक्षकलाई ७ हजार १ सय १ रुपैयाँ प्रदान गरिनेछ ।
नेपाली महिला भलिबलमा खेलाडी उत्पादन गर्ने थलोको रुपमा रहेको न्यु डायमण्ड एकेडेमीले अब स्तरीय प्रतियोगिता समेत आयोजना गर्दै अझै नयाँ भलिबलका प्रतिभाहरु जन्माउने लक्ष्य रहेको राईले बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा होवाङजी बौद्ध समाज रहेको छ । प्रायोजन बापत समाजले आयोजकले १५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गत वर्ष नै भइसकेको आयोजकले जनाएको छ ।