+
+

सातदोबाटोमा नक्कली स्मार्ट लाइसेन्स भेटियो, फोटो कन्सर्नका ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १३:१६
स्मार्ट लाइसेन्सको नमुना

१६ पुस, काठमाडौं । नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरी ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेसँगै नक्कली स्मार्ट लाइसेन्स वितरण गर्ने गिरोह सक्रिय रहेको खुलेको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार सातदोबाटोमा एक सवारीचालकको साथबाट शंकास्पद स्मार्ट लाइसेन्स भेटिएको थियो । अनुसन्धानका क्रममा महानगरीय ट्राफिक महाशाखा, रामशाहपथले लाइसेन्स नक्कली भएको प्रमाणित गर्‍यो ।

त्यसपछि सुरू भएको विस्तृत अनुसन्धानका क्रममा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ गरिएको स्रोतले बतायो ।

विस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?