
फ्रेवुअरी ७ तारिखबाट रिलिज हुन लागेको निर्देशक मोहित सुरीको चलचित्र ‘मलंग’को फस्टलुक रिलिज गरिएको छ । यो चलचित्रको फस्टलुकमा नायक अदित्य रोय कपुरलाई मात्र देखाइएको छ । अदित्य सुगठित शरीरका साथ देखिएका छन् । यो लुक्सले पनि दर्शकको कौतुहलता अझै बढाइदिएको छ ।
चलचित्रको ट्रेलर भने जनवरी ६ मा सार्वजनिक हुने बताइएको छ । यो चलचित्रमा नायक कपुरको साथमा नायिका दिशा पटानीको मुख्य भूमिका छ । लभ स्टोरी चलचित्र निर्देशनमा निर्देशक सुरी निकै नै सफल मानिन्छन् । यसैले पनि उनको यो चलचित्रको प्रतिक्षा दर्शकमा छ ।
चलचित्र ‘आशिकी २’मा मोहित र अदित्यले सहकार्य गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4