काठमाडौं । नेपाली युवा व्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याट्डिन्टनको जुनियर वरीयतामा १४ औं स्थानमा पुगेका छन् । यसअघि ३२औं स्थानमा रहेका प्रिन्स २०२० को नयाँ वरीयतामा १८ स्थान फड्को मार्न सफल भएका हुन् ।
जारी नयाँ वरीयता अनुसार प्रिन्सको ७ हजार ४ सय ७५ अंक छ । गत सेप्टेम्बरमा यूएईमा भएको दुबई जुनियर इन्टरनेसनल सिरिज जितेपछि प्रिन्सले वरीयतामा फड्को मारेका थिए । यस्तै, नेपालमै भएको इन्टरनेशनल सिरिजमा प्रिन्स पुरुष एकलतर्फ सेमिफाइनलसम्म पुगेका थिए ।
जुनियरतर्फको वरीयतामा फ्रान्सको क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् । यस्तै भारतका तीन खेलाडी नेपाल प्रिन्सभन्दा अघि छन् । भारतमा मेइराबा लुवाङ तेस्रो र भरुण कपुर चौथो स्थानमा छन् । यस्तै प्रियान्सु राजावत दशौं स्थानमा छन् ।
प्रतिक्रिया 4