+
+

भ्रामक समाचार भन्दै एलआईसी नेपालले गर्‍यो खण्डन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १४ गते २०:२२

१४ माघ, काठमाडौं । पछिल्लो केही दिनमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)को बिषयमा केही सञ्चारमाध्यमहरुमा भ्रामक समाचार प्रसारण तथा प्रकाशन भएको भन्दै कम्पनीले ध्यानाकर्षण जनएको छ ।

‘एलआईसी इण्डिया र एलआईसी नेपालको बिषयमा गलत तथ्यको आधारमा नियतबस समाचार प्रकाशन गरी कम्पनीको मान मर्दन गरिएको प्रति कम्पनीको गम्भिर ध्यानकर्षण भएको छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ,’ यस्ता भ्रामक  समाचार प्रति हाम्रो गम्भिर आपत्ति रहेको समेत जानकारी गराउँन चाहन्छौ ।’

उसले लाइफ इन्स्योरेन्स कर्पोरेशन -एलआईसी) नेपाल लिको तत्कालीन कम्पनी ऐन, २०५३ अनुसार २०५७ पुस १२ गते स्थापना भएको बताएको छ ।

‘जस अनुसार कम्पनी दर्ता नं. ७६५ (०५७/५८) रहेको छ । बीमा समितिबाट मिति २०५८-०४-२३ मा जीवन बीमा व्यवसाय संचालनको अनुमति प्राप्त गरी कम्पनीले मिति २०५८-०५-१६ देखि आफ्नो कार्य संचालन गरेको हो । एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम -एल.आई.सी. अफ इन्डिया) को ५५ प्रतिशत, विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारण लगानीकर्ताहरुको २० प्रतिशत शेयर लगानी रहेको छ,’ विज्ञपत्मिा भनिएको छ ।

एलआईसी नेपालमा भारतीय जीवन बीमा निगम -एलआईसी अफ इन्डिया) को लगानी रहेतापनि कम्पनीले नेपालको प्रचलित ऐन तथा नियमनकारी निकायहरु (बीमा समिति, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लि., सिडिएस एण्ड क्लियरिङ्ग) को निर्देशनहरुलाई पूर्णरुपले पालना गर्दै कार्य गरिरहेको कम्पनीले बताएको छ । ‘भारतीय जीवन बीमा निगम र एलआईसी नेपाल दुई भिन्न देशहरुको नियम कानून बमोजिम संचालित भैरहेका कम्पनीहरु हुन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘कम्पनीको बिषयमा अनुसन्धान बिना नै समचार प्रकाशन भैरहेको प्रति हाम्रो गम्भिर आपत्ति छ ।’

कम्पनीले बीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, लगानीकर्ताहरुलाई एलआईसी इण्डिया तथा एलआईसी नेपाल दुई छुट्टा छुट्टै कम्पनी भएको र यि दुवै कम्पनी सम्बन्धित मुलुकको ऐन नियम अनुसार सञ्चालित छन् रहेको अवगत गराएको छ ।

‘एलआईसी इण्डियाको कुनै पनि दायित्वले एलआईसी नेपाल माथि कुनै प्रकारको असर नगर्ने स्पष्ट पार्न चाहन्छौ,’ कम्पनीले भनेकोछ,’एलआईसी नेपालले आफनो नयाँ बिमालेखको शत प्रतिशत पूनर्बिमा नेपाल पूनर्बिमा कम्पनीमा गराउँदै आएको छ । त्यस्तै, नविकरणीय (पुराना) बिमालेखहरुको पूनर्बिमा मलेसियास्थित ह्यानओभर रि कम्पनीमा गराउँदै आएको जानकारी गराउँन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?