काठमाडौं । उत्तम राईले गरेको एक मात्र गोलमा फ्रेण्ड्स क्लबले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई १-० ले पराजित गरेको छ ।
दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बने पनि फ्रेण्ड्सले दोस्रो हाफमा गोल गरेको थियो ।
८४औं मिनेटमा उत्तम राईले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । विश्व अधिकारीले प्रहार गरेको फ्रिकिक च्यासलका गोलकिपर एलान न्यौपाने पूर्ण क्लियर गर्न नसक्दा रिबाउण्डमा उत्तमले गोल गरेका हुन् ।
यस सिजनमा तेस्रो जित हात पारेको फ्रेण्ड्स ९ खेलबाट ११ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4