+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तापसीको स्पष्टिकरण–‘कविर सिंह’लाई जवाफ दिन ‘थप्पड’ बनेको होइन’

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १९ गते १२:३१

नायिका तापसी पन्नु महिला केन्द्रित चलचित्रमा काम गर्न बढी लालयित छिन् । उनले अभिनय गरेको चलचित्र ‘थप्पड’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरलाई दर्शकले रुचाएका पनि छन् ।

यो चलचित्रले विशेषगरि, आफ्ना श्रीमान्द्धारा हुने घरेलु हिंसाको विरुद्धमा आवाज उठाउने एक महिलाको कथालाई उठान गरेको छ । तर, कतिपयले यो चलचित्रलाई ‘कविर सिंह’लाई जवाफ दिन निर्माण गरिएको भन्दै आलोचना पनि गरेका छन् ।

यो बिषयमा तापसीले भनेकी छिन्–‘मलाई यो कुरा सुनेर निकै नै दुःख लागेको छ । यो कुनै पनि चलचित्रलाई जवाफ दिनका लागि निर्माण गरिएको होइन । यो चलचित्रको कथा कविर सिंह निर्माण अगाडि नै लेखिएको हो ।’

तापसीले अगाडि भनिन्–‘म मान्छु कि थप्पड एउटा सुरुवात हो । म मान्छु कि, कविर सिंह र हाम्रो चलचित्रको एउटा बिषयमा समानता छ । तर, यो पुरै चलचित्र भने एक आपसमा मिल्दैन । यस्ता हजारौ चलचित्र बनेका छन्, जहाँ एक महिलालाई पुरुषले थप्पड हानेका छन् ।’

तापसीले चलचित्र ‘कविर सिंह’ हिट भएकोमा वधाई दिदै भनिन्–‘तर, मलाई यो चलचित्रबाट नायिकाको अफर आएको भए मैले गर्ने थिइनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?