Comments Add Comment

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

२२ फागुन, काठमाडौं । बुधबार मिर्गौलाको सफल प्रत्यारोपण गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरूलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए ।

उपप्रधान मन्त्री पोखरेलका अनुसार, ओलीलाई बिहीबार बिहान चिया खुवाइएको जानकारी चिकित्सकले गराएका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उहाँलाई बिहान चिया खुवाइएको जानकारी चिकित्सकले दिनु भएको छ,’ प्रधानमन्त्रीको स्वास्थ्यबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै उपप्रधानमन्त्री पोखरेलले भने ।

ओलीलाई अहिले शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचारकक्षमा राखिएको अस्पतालले जनाएको छ ।

ओलीको स्वास्थ्यबारे बिहीबार औपचारिक जानकारी दिइएको छैन । अस्पताल स्रोतका अनुसार, हरेक दिन अपराह्न ४ बजे प्रधानमन्त्रीको स्वास्थ्यबारे औपचारिक जानकारी दिने तयारी गरिएको छ ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार ४ घण्टा लगाएर ओलीकाे अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment