
नायक सलमान खान यतिबेला चलचित्र ‘राधे’को छायांकनमा व्यस्त छन् । यो चलचित्रको एक गीत र केही एक्सनका दृश्यको छायांकन अजरबैजानमा गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । यसका लागि छायांकन टोलीका केही सदस्य अजरबैजानको राजधानी बाकु पनि पुगिसकेका थिए ।
तर, विश्वभर फैलिएको कोरोना भाइरसका कारण यो चलचित्रको अजरबैजान छायांकन स्थगित गरिएको छ । नायक सलमान खान र नायिका दिशा पटानी चलचित्रको छायांकनका लागि बाकु जाने तयारीमा थिए ।
तर, सिंगो टिमलाई नै लिएर छायांकनमा जाँदा जोखिम हुने डरका कारण ‘राधे’को छायांकन बाकुमा नहुने भएको छ । इदमा रिलिज हुने यो चलचित्रलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । सलमान खान प्रोडक्शन, सोहेल खान प्रोडक्शन र अतुल अग्नीहोत्रीले मिलेर यो चलचित्र बनाइरहेका छन् ।
केही हप्ता अगाडि नायिका दीपिका पादुकोणले ‘फ्रान्समा आयोजना भएको फेसन विक कोरोना त्रासकै कारण स्थगित गरेकी थिइन् ।
प्रतिक्रिया 4