+
+

दुलही बन्दा यस्तो देखिइन् आँचल

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते २१:३१

नायिका आँचल शर्मा र उनका प्रेमी डाक्टर उदिप श्रेष्ठ आज बैबाहिक जीवनमा बाँधिएका छन् । काठमाण्डौको एक होटलमा आयोजना भएको बिहे समारोहमा आफन्त, साथीभाई र सिमित मात्रामा चलचित्रकर्मीलाई मात्र निम्तो गरिएको थियो । नायिका आँचल शर्मा बेहुली बन्दा खुशी देखिएकी थिइन् । आँचल र उदिपले करिब डेढ बर्ष लामो प्रेम सम्बन्धलाई बिहेमा परिणत गरेका हुन् ।

नायिका आँचल शर्माले सामाजिक संजालमा तस्वीर राख्दै आजबाट आफू उदिपको भएको लेखेकी छिन् । उनले बिहेलाई विशेष बनाउन साथ दिने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा उदाएकी यी सुन्दरी म्यूजिक भिडियोको दुनियाँमा अझ बढी सफल मानिन्छिन् । आँचल र उदिपले चैत्र १ गते बिहे भोजको आयोजना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?