+
+

वीरगञ्जमा अलपत्र वृद्ध महिलाको उद्दार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १ गते ११:०९

१ चैत, वीरगञ्ज । वीरगञ्जमा झण्डै एक महिनादेखि अलपत्र अवस्थामा रहेकी वृद्धाको उद्दार गरिएको छ । मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले घण्टाघर नजिकैबाट उनको उद्दार गरेको हो ।

मानव सेवा आश्रम वीरगञ्ज शाखाका संरक्षक प्रकाश थारु, देवेश गुप्ता लगायतको टोलीले वृद्ध महिलाको उद्दार गरेका थिए ।

हातमा घाउ भएका कारण उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ । इमर्जेन्सीमा प्रारम्भिक उपचारपछि अर्थो वार्डको १२९ नम्बर बेडमा राखेर उनको उपचार भइरहेको सामाजिक अभियन्ता थारुले बताए ।

अस्पतालमा उपचार गराइसकेपछि उनलाई मानव सेवा आश्रममा ल्याएर राखिने आश्रमका देवेश गुप्ताले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तव तथा प्रहरीले मानव सेवा आश्रमको टोलीलाई सहयोग पुर्याएका थिए ।

झण्डै एक महिनाअघि प्रहरीले नै उनलाई पथलैयाबाट उद्दार गरेर अस्पतालमा छोडेको थियो । अस्पतालमा रेखदेख गर्ने मानिस नहुँदा उनी अस्पतालबाट निस्केर हिँडेको नारायणी अस्पतालस्थित प्रहरी बिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?