
यस वर्षको प्रतिक्षित चलचित्र हो, ‘केजिएफ २’ । निकै सफल चलचित्र ‘केजिएफ’को सिक्वोल चलचित्र भएका कारण पनि यस चलचित्रलाई दर्शकले निकै प्रतिक्षा गरिरहेका छन् ।
यस्तैमा चलचित्रले रिलिज मिति पक्का गरेको छ । निर्माण पक्षले आउँदो अक्टुबर २३ लाई रिलिज मिति तय गरेको छ । निर्माण टिमले सामाजिक संजालमा पोष्ट गर्दै चलचित्रको रिलिज मिति बताएका हुन् ।
केजिएफबाट स्टार बनेका अभिनेता यश नै केजिएफ २ मा मुख्य अभिनेता हुन् । यस चलचित्रमा उनको भूमिका अझै शसंक्त रहेको बताइएको छ । चलचित्रमा यशसँगै संजय दत्त र श्रीनिधि शेट्ठीको मुख्य भूमिका रहने छ ।
प्रशन्त निलको निर्देशनमा रहेको चलचित्रलाई विजय किर्गान्दुरले निर्माण गरेका हुन् । यस चलचित्र ५ भाषामा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4