+
+

बुटवल अटो भिलेज १३ दिन बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १८:११

९ चैत, बुटवल  । कोरोना भाइरस (कोभिड-१९) को संवेदनशिलतालाई ध्यानमा राख्दै बुटवल अटो भिलेज मैनाबगर १३ दिन बन्द हुने भएको छ ।

आइतबार बसेको आकस्मिक बैठकले चैत १० देखि २२ गतेसम्म अटो भिलेज बन्द गर्ने निर्णय भएको बुटवल अटो इन्जिनियरिङ एशोसियसन मैनाबगरका अध्यक्ष बाबुलाल पाण्डेले बताए ।

बैठकमा सहभागीले व्यवसाय भन्दा स्वास्थ्य ठूलो भएकोले व्यवसाय बन्द गर्नुपर्ने सुझाव दिएका थिए । बुटवल अटो भिलेज मैनाबगर क्षेत्रमा करिब ६ सय व्यवसायी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?