+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंका नाटकघर बन्द भए

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १८:३३
फाइल तस्वीर ।

९ चैत काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण नाटकघरहरु पनि बन्द भएका छन । शिल्पी, मण्डला, शैली, सर्वनामलगायत आधा दर्जन थिएटर आइतबारदेखि बन्द भएका हुन् ।

कोरोनाको संक्रमणबाट बच्न सुरक्षित हुनुपर्ने बेला आएकोले स्थिति सामान्य नभएसम्म थिएटरहरु बन्द गरिएको शिल्पी थिएटरका मोहन प्रकाश गौतमलेे बताए ।

‘नाटक घरहरुमा नाटक मञ्चन, तालिम दिने काम रोकिएकोे छ,’ उनले भने, ‘यो समयमा सचेत रही स्वस्थ्य रहनु आवश्यक भएकाले नियमित कामहरु स्थिति सामान्य नभएसम्मको लागि बन्द गरिएको हो ।’ उनका अनुसार तत्कालका लागि नाटकको तयारी पनि स्थगित गरिएको छ ।

यस्तै मण्डला थिएटरले कोरोना भाइरसविरुद्ध लडन् सरकारको निर्देशनलाई सहयोग गर्दै बन्द गरिएको जानकारी गरएको छ ।

आफ्नो वेबसाइटमा सबै सुरक्षित रहन आग्रह गर्दै थिएटरले चैत ३० गतेसम्मको लागि कार्यशाला, तालिमहरु बन्द गरेको जनाएको छ । साथै कोभिड-१९ लाई जित्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको छ ।

यसअघि सरकारले २५ जनाभन्दा बढी भेला हुन बन्देज गरेको र कार्यक्रमहरु बन्द गर्न निर्देशन दिएकोले थिएटरहरु बन्द भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?