+
+

लकडाउनका कारण संसद बैठक २३ गतेलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १३:११

१२ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक यही चैत २३ गतेसम्मका लागि सरेको छ ।

संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले सूचना निकालेर कोरोना भाइरसको सम्भावित संक्रमणका सरकारले लकडाउन र अत्यावश्यक बाहेकका सेवा बन्द गरेका कारण बैठक सार्नुपरेको बताएका छन् ।

यसअघि यही चैत ७ गतेलाई बोलाइएको बैठक पनि बिहीबार बस्ने गरी स्थगित भएको थियो । यही १८ गतेसम्म देशभर लकडाउन हुनेछ भने, सरकारले २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गराएको छ ।

राष्ट्रियसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । राष्ट्रियसभाले एक सूचना जारी गरेर बैठक स्थगित भएको घोषणा गरेको हो ।

राष्ट्रियसभाको बैठक भने अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?