+

तलब कटाउन रोनाल्डो सहमत

२०७६ चैत  १६ गते ११:२० २०७६ चैत १६ गते ११:२०
तलब कटाउन रोनाल्डो सहमत

१६ चैत, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सबैतिर भयाबह अवस्था सिर्जना गरेको छ । खेल क्षेत्र पनि यसबाट नराम्रोसँग प्रभावित बनेको छ । त्यसमा पनि फुटबल धेरै प्रभावित छ ।

कोरोनाले गर्दा अहिले फुटबल ठप्प छ र आर्थिक अनिश्चितता रहेको बेला विश्वभरका फुटबलहरुले पनि आफ्नो तलब घटाएर लिने अवस्था सिर्जन भएको छ ।

युभेन्ट्सबाट खेल्ने पोर्चगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि आफ्नो तलब घटाएर लिन सहमत भएका छन् । धेरै क्लब अहिले खेलाडीको तलब कटौती गर्ने तयारीमा छन् । फुटबल प्रतियोगिता स्थगित भएपछि क्लबहरुको आम्दानीमा यसले असर गरेको छ ।

टुटो स्पोर्ट्सका अनुसार युभेन्ट्सले प्रस्ताव गरेपछि रोनाल्डो तलब कटाउन सहमत भएका हुन् । रोनाल्डोको ३.८ युरो मिलियन कटौती हुनेछ । युभेन्टसका कप्तान जर्जियो चिलिनी र रोनाल्डोबीच छलफल भएपछि तलब घटाएर लिने विषयमा सहमति भएको थियो ।

रोनाल्डोले युभेन्ट्सबाट वार्षिक ३१ मिलियन युरो तलब लिँदै आएका छन् । त्यसमा ३.८ मिलियन घटाएर उनले तलब पाउनेछन् ।  रोनाल्डो मात्र होइन, क्लबका अन्य खेलाडी पनि तलब घटाएर लिन तयार भएका छन् । उनीहरुको तलबमा १२ प्रतिशत कटौती हुने जनाएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०