+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
१११ बलमा १३४ रन आवश्यक
विराटनगर किंग्स 2025
14/0 (1.3)
Shares

एनप्याब्सनका उपाध्यक्ष मृत भेटिए, हत्याको आशंका

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ वैशाख १२ गते ८:५३

११ वैशाख, कैलाली । निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसाल मृत अवस्थामा फेला परेका छन् ।

कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका भुसालको शव बिहीबार राति भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० वर्षीय भुसालको शव घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिमम फेला परेको हो । प्रहरीका अनुसार उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय मालाखतीका प्रहरी नायव उपरीक्षक ज्ञानवहादुर विष्टको टोलीले घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

स्थानीयबासीले भने उनको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?